न्यायाधीश र बार प्रतिनिधिको बैठक बस्दै

काठमाडौ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका न्यायाधीशहरू र नेपाल बारका पदाधिकारीहरुबीच आज छलफल हुने भएको छ ।

सर्वोच्चका १८ जना न्यायाधीश, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच आज छलफल हुने जनाइएको छ । आजै फुलकोर्ट बस्ने भएको छ । फुलकोर्ट बस्नु अघिनै २ पक्षबिच छलफल हुन लागेको हो । बारले आजदेखि सिंहदरबारदेखि बालुवाटारमा मार्चपास समेत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको