नवलपरासीमा बस दुर्घटना, १० जना घाइते

काठमाडौं, ९ मंसिर । नवलपरासीमा आज बिहान बस दुर्घटना भएको छ । लु १ ख ८१३८ नम्बरको बस बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा दुर्घटना पर्दा १० जना घाइते भएका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बस आज बिहान ६ बजेतीर अनियन्त्रित भई नालामा पल्टिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेको सामुदायिक अस्पताल चिसापानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको