कोरोनाविरुद्धको भारतमा ४० करोड डोज खोप खपत

एजेन्सी, ३ साउन । भारतले कोरोना खोपमा नयाँ रेकर्ड बनाएको छ । नेपालमा कोरोना खोपको हाहाकार भइरहेको अवस्थामा भारतमा भने हालसम्म ४० करोड भन्दा बढी डोज लगाइएको तथ्याङ्क प्राप्त भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार अहिलेसम्म भारतमा ४०.४९ करोड भन्दा बढी कोरोना खोप डोज लगाइसकेका छन् । गएको एक दिनमा नै ५१ लाखले खोपको डोज लगाएका छन् । १८ वर्ष माथिका उमेर समूहलाई खोप अभियान १६ जनवरीबाट सुरु भएको थियो ।

आँकडा अनुसार भारतको कुल जनसंख्या मध्ये १८ वर्ष माथि उमेर समूहका एक तिहाइ भन्दा धेरैले खोप लगाइसकेका छन् । त्यस्तै, हालसम्म २५.२ प्रतिशत मानिसहरूले कोरोनाको एक डोज लिएका छन् भने बाँकी २ तिहाइ मानिसहरूले खोपको पहिलो डोज लगाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको