आज डलरको भाउ कति ?

काठमाडौं, ८ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैङ्कको अनुसार एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको