पाल्हिन्दन र सरावल गाउँपालिकामा पाँच सय १५ जना अति बाढी प्रभावित किसानहरूलाई बीउ बितरण

परासी, ८ मंसिर । पश्चिम नवलपरासीमा बाढीबाट प्रभावित किसानहरूलाई गहुँ मसुरोको बीउ र मल बितरण गरिएको छ। पाल्हिन्दन गाउँपालिकाको पहलमा असल छिमेकी नेपालले  बाढीबाट प्रभावित किसानहरूलाई गहुँ मसुरोको बीउ र मल बितरण गरिएको हो ।गाउँपालिकाका अध्यक्ष बैजुप्रासद गुप्ताले अति बाढी प्रभावितहरूलाई गहुँ मसुरोको बीउ र मल बितरण गरेका हुन । बितरण गदै अध्यक्ष गुप्ताले बाढीबाट क्षति ब्यहोरेका किसानलाई यस राहतले पक्कै पनि राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पाल्हिनन्दन गाउँपालिकाको वडा नं. १ का अति बाढी प्रभावित किसानहरूलाई गहुँ मसुरोको बीउ र मल बितरण गरिएको असल  छिमेकी नेपालका एरिया इन्चार्ज पूरण सोतीले जानकारी दिए ।पाल्हिनन्दन गाउँ पालिकाको वडा नं. १ का अति बाढी किसानहरूलाई प्रति व्यक्ति बीस केजी गहुँ, मसुरो बीउ २ केजी र मल ५० केजी प्रति व्यक्ति बितरण गरिएको सोतीले बताए । पाल्हिनन्दन गाउँ पालिकाको वडा नं. १ का प्रति व्यक्ति बीस केजी गहुँ, मसुर २ केजी र मल ५० प्रति व्यक्ति गरी कुल दुई सय ६० जना अति बाढी प्रभावित किसानहरूलाई घरपरिवार बितरण गरिएको असल छिमेकी नेपालले जनाएको छ ।

पाल्हिन्दन गाउँपालिकामा ८ लाख ७८ हजार ८ सय बराबरको बिउहरू बितरण गरिएको असल  छिमेकी नेपालका एरिया इन्चार्ज पूरण सोतीले बताए । यस्तै असल छिमेकी नेपालले सरावल गाउँपालिकाका अति बाढी प्रभावित किसानहरूलाई पनि गहुँ, केराउकोे बीउ बितरण गरेको छ। गाउँपालिकाको पहलमा असल छिमेकी नेपालले गहुँ, केराउकोे बीउ किसानहरूलाई बितरण गरिएको हो। गाउँपालिकाको अध्यक्ष राधेश्याम चौधरिले अति बाढी प्रभावित प्रति व्यक्ति गहुँ २० केजी केराउ साढे १ केजी बिउ किसानहरूलाई बितरण गरिएको असल छिमेकी नेपालकी फिल्ड अफिसर माया महतोले जानकारी दिइन। सरावल गाउँपालिका वडा नं. ६ का गहुँ, २० केजी केराउ, साढे १ केजी बिउ गरी कुल २ सय ५५ जना अति प्रति प्रभावित घरपरिवारका किसानहरूलाई बितरण गरिएको असल छिमेकी नेपालले जनाएको छ ।

सरावल गाउँपालिकामा ८ लाख ७३ हजार ३ सय ७५ रुपैयाँ बराबरको बिउहरू बितरण गरिएको असल छिमेकी नेपालका एरिया इन्चार्ज पूरण सोतीले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको