आजपनि कुमारी बैंकविरुद्ध भ्यालुयर्स एसोसिएसनको धर्ना तथा विरोध कार्यक्रम

काठमाडौं, ८ मंसिर । कुमारी बैंकविरूद्ध बुधबार नेपाल भ्यालुयर्स एसोसिएसनले विरोध प्रदर्शन गरेको छ । बैंकले गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियरलाई जेल हालेको विषयमा मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा एसोसिएसनले बुधबार थापाथलीस्थित नेपाल बैंकर्स एसोसिएसनको कार्यालयमा विरोध तथा धर्ना दिएको हो ।

एसोसिएसनले पहिलो चरण अन्तर्गतको तेस्रो कार्यक्रममा आज बैंकर्स एसोसिएसनको कार्यालयमा धर्ना, च्याप्टरहरूको हकमा सम्बन्धित च्याप्टरहरूको कुमारी बैंकको शाखाहरूमा पनि धर्ना तथा विरोध कार्यक्रम गरेको छ ।

बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणीलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपूर्ति गर्ने विषयलाई विरोधस्वरूप विरोध कार्यक्रमको आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले विभिन्न मागहरू सहित इन्जिनियर राजेश कुमार चौरसीयालाई निर्शत रिहाइको माग गदै विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गदै आइरहेको छ । एसोसिएसनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष इ.ऋषि कोइरालाले आन्दोलनको क्रममा चौरासियाको कुनै कमजोरी नभएकाले तत्काल रिहाई गर्न माग गरे । उनले भने,‘ ई.चौरासीयाको तत्काल रिहाई नभएमा सशक्त आन्दोलन गर्नेछौँ ।’ देशभरका इन्जिनियर काठमाडौँमा उतार्ने चेतावनी दिँदै उनले भने,‘तपाईँहरूले हामीलाई कमजोरी देख्नु भएमा देशभरका ४० हजार भन्दा बढी इन्जिनियरहरू सडकमा उतार्ने छौँ । यो समस्याले गर्दा देशमा आर्थिक सङ्कट आएमा त्यसको जिम्मेवारी बैंकर्स एसोसिएसन नेपाल हुनुपर्छ ।’
उनले लोन लिने एउटा, लोन दिने एउटा भन्दै उनले यसमा इन्जिनियरको केही भूमिका नभएको पनि स्पष्ट पारे ।

उनले माफियालाई लोन दिने अनी मूल्याङकनकर्ताले तिर्नुपर्ने काम गराउन खोजेको भन्दै यो आन्दोलन अब निर्णायक हुने बताए । चौरासीयालाई तत्काल रिहाई नगरे आगामी दिनमा आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दै लैजाने एसोसिएसनले यसअघि नै निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको