एमाले महाधिवेशन उद्घाटनको दिन भरतपुर क्षेत्रमा बस चलाउन नपाइने

काठमाडौं, ८ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन उद्घाटनको दिन मानिसको चाप अत्यधिक हुने भएकोले नारायणगढ र भरतपुरको मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्नलाई रोक लगाइएको हो । व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाउन लागेको प्रहरीले जनाएको छ ।

नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिलोक, केन्द्रीय बस टर्मिनल, बाइपास सडक र आपँटारी क्षेत्रभित्रका सडकमा सवारीसाधनमा सञ्चालन बिहान ९ बजेदेखि ५ः३० बजेसम्मलाई रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको