घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सयले घटेको हो । मंगलबार सुन तोलामा १६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको