गरिमा विकास बैंक १५औँ वर्षमा प्रवेश

काठमाडौँ, ८ मंसिर । गरिमा विकास बैंक आजदेखि १५औँ बसन्तमा प्रवेश गरेको छ । १५औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना २१ शाखा कार्यालयहरूमा आयोजित “बृहत् रक्तदान“ कार्यक्रम गरेको हो ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेर बैंकले ११ सय ५५ प्वाइन्ट रगत सङ्कलन पनि गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक वार्षिकोत्सवमा महत्त्वका साथ निरन्तरता दिँदै आएको बैंकले जनाएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, बुटवल, सुनुवाल, नारायणगढ, कावासोती, वीरगन्ज लगायतका २१ शाखा कार्यालयहरूमा पनि वृहत् रक्तदान कार्यक्रम गरेको हो ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप सङ्कलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवम् कर्जा खाताहरू मार्फत ग्राहक माझ सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको