इन्फ्रास्ट्रक्चर बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, ८ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।
बैंकको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत पारित गर्ने जनाइएको छ ।

साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी दुई सञ्चालक निर्वाचनको प्रस्ताव पनि पारित गर्ने भएको छ । बैंकले भोलि बुक क्लोज गर्ने भएकोले आजसम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र सभामा सहभागी हुन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको