जाजरकोटमा भएको युवकको हत्यामा संलग्न ५ जना पक्राउ

जाजरकोट, ७ मंसिर । जाजरकोटमा एक युवकको हत्या भएको छ । भेरी नगरपालिका–३ स्यालाका स्थानीय युवक प्रकाशजंग शाहको हत्या भएको प्रहरीले जनाएको छ । १८ वर्षीय शाहको पश्चिम रुकुममा मेला हेर्न गएको बेलामा हत्या भएको हो ।

दुई समूहबिच विवाद भएपछि विवाद बढ्दै जाँदा मंसिर ३ गते मेलामै कुटाकुट भएको थियो । आफन्त मिलेर मिलापत्र गराएपछि पनि सोही दिन फेरी साँझमा पुनः झगडा भएको थियो । विवाद गर्ने केही साथीहरूले भागेर ज्यान बचाएका थिए भने प्रकाशको सोही क्रममा हत्या भएको थियो ।

३ दिन सम्म घरमा नफर्केपछि खोजी गर्दा प्रकाश भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको