घट्यो सुनको मूल्य

काठमाडौं, ७ मंसिर । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज १६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको