सुनको भाउमा भारी गिरावट, तोलामा १६०० रुपैयाले घट्यो

काठमाण्डौ, ७ मङ्सिर। आज सुनको भाउमा भारी गिरावट आएको छ। गिरावट आएसंगै  सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजो ९३ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेर कारोवार भएको छ । यस्तै तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोवार भैरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै आज मंगलबार चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोवार भईरहेको छ।

यसैगरी अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । अहिले सुन प्रति औंश १ हजार ८०६ डलर बराबरमा खरिदबिक्री भइरहेको छ । यस्तै चाँदी पनि घटेर प्रति औंश २४.२० डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको