सहकारी प्रशिक्षालय इनरुवा सुनसरीद्वारा उदयपुर जिल्लाको चौदन्डिगढीमा लेखापालन तालिम सुरु

उदयपुर, ०६ मंसिर। सहकारी प्रशिक्षालय इनरुवा सुनसरीले २०७८/४/०५ देखि उदयपुर जिल्लाको चौदन्डिगढि नगरपालिकामा लेखापालन तालिम सुरुवात गरेको छ । सहकारीलाई तालिमको माध्यमबाट उन्नयन गरी आर्थिक समृद्धि हासिल गराउने लक्ष्यका साथ उक्त प्रशिक्षण शुरु गरिएको प्रशिक्षक नरेन्द्र पराजुलीले बताए ।

प्रशिक्षण उदयपुर जिल्लाको चौदन्डिगढी नगरपालिकाको संयोजनमा नगरपालिका भित्र सन्चालनमा रहेका सहकारी कर्मीहरूलाई प्रतिनिधिमूलक सहभागिता गराएर सहकारी प्रशिक्षालय इनरुवा सुनसरीले प्रशिक्षण संचालन गरेको हो । तालिममा प्रशिक्षक रूपमा नरेन्द्र पराजुली र एकनाथ दाहाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको