मंगलबार ०४ असार, २०८१

नेपाली समय

देवाही गोनाही नगरपालिका अन्तर्गत करुनियामा ७० वर्षीय बृद्धको गोली प्रहार गरी हत्या

देवाही गोनाही नगरपालिका अन्तर्गत करुनियामा ७० वर्षीय बृद्धको गोली प्रहार गरी हत्या

गौर, ११ जेठ । रौतहटमा एकजनाको गोली प्रहार गरी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय व्यक्तिको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

अपरिचित समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो । हत्या भएका पारिवारिक श्रोतका अनुसार बुधवार राति १२ बजेको सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शङ्का उब्जिएको छ । टाउकोमा गोली हानेर हत्या भएपनि प्रहरीले अहिले सम्म केही पुष्टि गरेको छैन।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा पछिल्लो समयमा आपराधिक गतिविधिमा वृद्धि हुँदै गएको प्रति सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।