सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, ६ मंसिर । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मूल्यमा आज २ सय र चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको भाउ आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, सोमबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको