एनआईसी एशियाको साधारण सभा सम्पन्न

काठमाडौं, ६ मंसिर । एनआईसी एशियाकोे लघुवित्त वित्तीय संस्थाको आइतबार चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्टमा सम्पन्न सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गरेको छ ।
यसका साथै सभाबाट संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,विभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको