ज्योति विकास बैंकको डिजिटल बैंकिङ्ग सेवा सुरु

काठमाडौं, ६ मंसिर । ज्योति विकास बैंकले डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले ओम्नी च्यानल अवधारणामा आधारित सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रूपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।

बैंकको अनुसार ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसंगै बैंकका ग्राहकहरूले बैंकका विभिन्न सेवाहरू सम्बन्धी जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरूको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्। त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरू तथा डिजिटल बैंकिङ्ग सेवाहरू सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

यस सुविधा नयाँ प्रयोगकर्ताहरुले नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्। बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरूले बैंकमा नगई मोबाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको