अब कुमारीपाटीमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

काठमाडौं, ६ मंसिर । सानिमा बैंकले प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटीको नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरूको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न विशिष्टीकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ। यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहकसेवा प्रतिनिधि नियुक्त गरिएको समेत जानकारी दिएको छ ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईँ र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रूपमा गरेका हुन्।

हालसम्म बैंकले देशभर ११७ वटा शाखा तथा ९७ वटा एटिएमबाट ग्राहकहरूलाई सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको