सोमबार ३१ भदौ, २०८१

नेपाली समय

हज यात्रामा जाने हाजीहरूको तिन दिने तालिम सम्पन्न

हज यात्रामा जाने हाजीहरूको तिन दिने तालिम सम्पन्न

गौर, ८ जेठ। रौतहटको गौरमा जमेयत उलमाए इस्लाम नेपालको आयोजनामा हज यात्रामा जाने हाजीहरूलाई तिन दिने तालिम सम्पन्न भएको छ। सो कार्यक्रममा प्रमुख अतिथि मौलाना अब्दु सलाम कासीमी, अजाद मदरसा पूर्वी चमपारण ढाकाको रहेको थियो।

कार्यक्रममा मौलानाहरुले धार्मिक हिसाबले महत्त्वपूर्ण कार्य सम्बन्धमा हाजीहरुलाई जानकारी दिनुभएको थियो । उहाँले इस्लाम धर्मका अनुसार माहतोपुण कुराहरू हजको बारेमा स्पष्ट पर्नु भयो।

सो कार्यक्रमको अध्यक्षता मौलाना वकिल अहमद हुसैनीले गर्नु भएको थियो। हरेक वर्षमा हुसैनीले मुस्लिम समुदायको हज यात्रा जाने व्यक्ति तथा युवा समाजसेवी लगायतको उपस्थितिमा इस्लामिक अनुसार कुरान ग्रन्थ अनुसार महत्त्वपूर्ण कुरालाई ध्यान दिनुपर्ने अवस्था रहेको बारेमा बताइएको छ।

यस कार्यक्रममा पाँच धर्म गुरु मौलानाहरु सहभागीले आफ्नो इस्लामिक मन्तव्य राखेका थिए। हज यात्रा गर्ने हाजीहरुलाई इस्लामको पाचौं अर्काण भएको बताइएको छ।

यो कार्यक्रम आर. डि.सी संस्थाको सहयोगमा सम्पन्न भएको थिय । रौतहटको विभिन्न गाउँपालिकाबाट हज जाने हाजीहरू र मौलाना गरुहरु लगायत अन्य युवा समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।