आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, ५ मंसिर । नेप्सेमा आज ११ अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आज ४ अर्ब बढीको कारोबार भएको हो । आइतबार केही कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको आज ५० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल टेलिकमको २२ करोड ६२ लाख, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २१ करोड ५० लाख, अपर तामाकोशीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको