विष खुवाएर श्रीमतीको हत्या

राजविराज, ५ मंसिर । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमती रोशन खातुनलाई विष खुवाई मारेको अभियोगमा लुकमान मियाँलाई पक्राउ गरेको हो ।

रोशन र लुकमानको २०७६ मंसिरमा विवाह भएको थियो । लुकमानले विवाह भएको २ महिनामा नै दाइजो नदिएको रिसमा कुटपिट गर्दा रोशनको २०७६ सालको फागुनमा मृत्यु भएको थियो । विष खुवाएपछि गम्भीर बिरामी भएकी रोशनको उपचारको क्रममा कोसी अस्पतालमा निधन भएको थियो । हत्या अभियोगमा लुकमान लगायत उनका आमा बुवालगायत ६ जना विरुद्ध जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको