नयाँ सरकारको आगमनसँगै ९७ अंकले बढ्यो नेप्से, मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं, ३ साउन । शेयर बजारमा आज भारी अंकले बढेको छ । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा भएसँगै शेयर बजार ९७ दशमलव २१ प्रतिशतले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा कायम भएको हो । केही दिन यता बढ्न नसकेको कारोबार रकम पनि आज बढेर ११ अर्ब बढीको कारोबार भएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १९ दशमलव ५५ अंकले बढेर ५६० दशमलव ९६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटक कारोबार भएर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खदिर बिक्रि भएको छ ।

नेप्सेको अनुसार सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १२ सय ८१ रुपैयाँ कायम भई ४० करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, नविल बैंकको ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता १४ सय ४० रुपैयाँ कायम भई ३७ करोड ६८ लाख रुपैयाँ बढी शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बेंकको ३३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको