आज यी अस्पतालमा फाइजर खोप लगाइँदै

काठमाडौं, ५ मंसिर । आजदेखि कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं र ललितपुरमा बालबालिकाहरूलाई लगाइदैछ । दिर्घरोगीहरुलाई लगाएर बचत भएको खोप आइतबारदेखि मंगलबारसम्म १२ वर्षदेखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकाहरूलाई सरकारले दिने भएको हो ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गङ्गालाल ह्दयकेन्द्र, विरेन्द्र सैनिक अस्पताल र ललितपुरको पाटन अस्पतालमा खोप लगाइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको