सोमबार ०४ चैत, २०८१

नेपाली समय

हल्दिबारीलाई उत्कृष्ट बनाउने गिरीको अठोट

हल्दिबारीलाई उत्कृष्ट बनाउने गिरीको अठोट

झापा, २२ वैशाख। हल्दीबारी गाउँपालिकाको उपप्रमुखको जिम्वेवारी सम्हाली सकेका डम्बर गिरीले पुन: आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुखको पदमा उम्मेदवारी दिएका छन्। उनले यो निर्वाचनमा आफू निर्वाचित भए हल्दिबारीलाई उत्कृष्ट बनाउने अठोट गरेका छन्।

उपप्रमुखमा निर्वाचित भएको अवधिमा इच्छा माध्यमिक तहसम्म व्यवस्थित सुविधा सम्पन्न अनिवार्य निःशुल्क शिक्षा भन्ने नारा वा उपनामबाट परिचय बनाएको दाबी गर्ने गिरी आफूले हल्दिबारी गाउँपालिकाको सामाजिक सद्भाव र एकतासँगै शिक्षा क्षेत्रको उदाहरणीय बनेको बताए ।

जनताका दुःख नै आफ्ना दुःख रहेको अनुभूति गरेको बताउने पूर्व गाउँ उपप्रमुख डम्बर गिरी सम्भवत झापाकै कान्छो उपप्रमुख बनेका थिए । गिरी उपप्रमुख बनेपछि हल्दिबारीले एकपल्ट काँचुली फेर्न सफल भएको उनको दाबी छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको स्रोतले गिरीले हल्दिबारी गाउँपालिकाका विकास निर्माणको अगुवाइ गरेका थिए।

गिरी शिक्षा शाखाको अध्यक्ष भएर देश मै नमुना कार्यको रूपमा माध्यमिक तहसम्म व्यवस्थित सुविधा सम्पन्न अनिवार्य निःशुल्क शिक्षाको अवधारणा लाएर कार्यान्वयन गराउन सफल उनको भनाई रहेको छ । उनलाई यस कामले पनि सच्चा जनप्रतिनिधिको परिचय दिएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।

राजनैतिक र सामाजिक क्षेत्रको प्रतिनिधित्व गरी समाजको शैक्षिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रको सकारात्मक परिवर्तन र विकासमा अनवरत योगदान र नेतृत्व प्रदान गरेको भन्दै गिरीले आफ्नो जीवनको उर्वर समय सामाजिक विकास र राजनैतिक परिवर्तनमा खर्चिएको बताए।

स्थानीय एक युवा सन्तोष मान्देनका अनुसार, “गिरीले २ साल अगाडि दुईजनाको जीवन बचाउन महत्त्वपूर्ण अभिभावकको भूमिका निर्वाह गर्नुभयो। सायद गिरी नभएको भए हाम्रो जीवन नबाच्ने थियो, हाम्रो जीवन बचाउन जुन पहल उनले गर्नुभयो, त्यो उहाँ बाहेक अरूबाट सम्भव थिएन । यो त एक उदाहरणीय घटना मात्र हो स्वास्थ्य क्षेत्रको लागि गिरी आफैले धेरैलाई कल्याण गरिसकेका सक्नु भएको छ ।”

एक अर्का स्थानीयका अनुसार, “यहाँको विकासको मोडल हो डम्बर । पालिकाले कोभिड नियन्त्रणका लागि क्वारेन्टाइन, आइसोलेसन सेन्टर बनाउने काम पनि गिरीको सक्रियता उल्लेखनीय थियो। आफ्नो कार्यकालमा गिरीले संरचना लाईपनि दीर्घकालीन समयसम्म प्रयोगमा ल्याउने नीति बनाउनुपर्छ भन्ने कुरा जोड दिनुभएको थियो । कोरोनाको महामारीमा समेत साहस र उच्च मनोबलको आवश्यकता पर्दा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्दै अगाडी बढ्नु भएको थियो । उहाँ आफै रोगले ग्रसितका भएपनि घर-घर पुग्न नसके पनि स्वास्थ्यकर्मी, औषधी, प्रोटिन प्याकेज लगायत जनतालाई आवश्यक पर्ने कुरामा सबै कुरा छाडेर जनताका निम्ति खटिएका खटिनु भएको थियो । सँगै हल्दिबारीमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि लिएर जनताको आधारभूत आवश्यक पूरा गर्ने कुरामा सक्रियता र काम गर्ने तरिकाले पाँच वर्षमा पालिकामा परिवर्तन ल्याउनु भएको छ।”