शनिबार २४ असोज, २०८३

नेपाली समय

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, १९ भदौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।  सुनको मूल्य प्रतितोला रु  दुई हजार पाँच सय  र चाँदीको मूल्य रु ४० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको थियो ।