सोमबार २५ साउन, २०८३

नेपाली समय

नेपाल मोबाइल व्यवसायी महासङ्घको पाँचौँ वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल मोबाइल व्यवसायी महासङ्घको पाँचौँ वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, २७ असार । नेपाल मोबाइल व्यवसायी महासङ्घको पाँचौँ वार्षिक स्थापना दिवसको अवसरमा उपत्यका मोबाइल व्यवसायी सङ्घद्वारा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। चाबहिल सेन्टर कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष उमेश प्रसाद चौलागाईंले बताए। 

रक्तदान कार्यक्रममा विभिन्न मोबाइल व्यवसायी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ३० पोका रगत सङ्कलन भएको जानकारी दिइएको छ। कार्यक्रमलाई सफल बनाउन हिमाल अस्पतालले प्राविधिक साझेदारका रूपमा महत्त्वपूर्ण सहयोग रहेको थियो।

संघका अध्यक्ष चौलागाईंले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताए।