शनिबार ३० जेठ, २०८३

नेपाली समय

रास्वपा भोजपुरका उम्मेदवार ओझाद्वारा निर्वाचन जितेमा सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा

रास्वपा भोजपुरका उम्मेदवार ओझाद्वारा निर्वाचन जितेमा सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा

भोजपुर, २९ माघ । यति बेला देशभरी चुनावी माहौल तातिरहेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पनि विभिन्न राजनीति दलका उम्मेदवारहरू घर दैलोमा व्यस्त छन् ।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भोजपुर जिल्लामा प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका रमेश प्रसाद ओझा पनि निरन्तर जनताको घरदैलोमा भोट माग्न व्यस्त देखिन्छन्। आफ्नो चुनावी प्रतिबद्धता पत्र लिएर जनताको घर दैलोमा व्यस्त रहेका ओझाले कृषि,शिक्षा,स्वास्थ्य,खेलकुद,पर्यटन,यातायात, बिधुत,खानेपानी जस्ता अत्यावश्यक विषय वस्तुमा जोड दिएका छन् ।

उनी राष्ट्रको एक सफल पर्यटन व्यवसायी समेत भएकोले भोजपुरको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। जनताबाट निर्वाचित भए भनेँ राज्यबाट पाउने सम्पुर्ण सेवा सुविधा सामाजिक सेवामा खर्चिने प्रतिबद्ध व्यक्त गरेका छन् ।आफूले जीवनभर व्यवसाय गरेर आफ्नो जीवन निर्वाह गर्न सक्षम रहेको भन्दै आफ्नो सेवासुबिधा गरिव,दुखी,अनाथ,असहाय र विपत्तिमा परेका व्यक्तिलाई खर्चिने बताएका छन्।

पर्यटन व्यवसाय तथा अन्य व्यवसाय मार्फत उनले सयौँलाई रोजगार समेत दिएका छन्।उनी भोजपुर न.पा. वडा -११ आम्तेकमा जन्मिएर अमेरिका लगायत विभिन्न  देशहरूमा अध्ययन तथा व्यवसाय गरेर सफल मानिएका ओझा सामाजिक,आर्थिक सबै हिसाबले अनुभवी व्यक्तित्व मानिन्छन् ।

उनले निर्वाचन जितेमा भ्रष्टाचार विरुद्ध शून्यसहनशीलता अपनाएर भोजपुरे जनताको विकास र समृद्धिको मार्ग तय गर्नेछन् । आफूले देश विदेशबाट प्राप्त गरेको अनुभवको माध्यमबाट भोजपुरेको आवाज बनेर जनताको सेवा गर्ने उनको लक्ष्य छ।

पटक पटक भोजपुरे जनतालाई झुक्काएर चुनाव जितेकाहरू व्यक्तिगत स्वार्थमा लिप्त भएर भोजपुरे जनताको विकास र समृद्धिमा ध्यान नदिएको भन्दै आपत्ति समेत व्यक्त गरे।चुनाव जितेर गएपछि नेताहरू भ्रष्टाचारमा लिप्त भएर जनतामाथि नै प्रहार गरेको कुरा समेत व्यक्त गरे।