शनिबार १० माघ, २०८२

नेपाली समय

अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ : मस्को

अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ : मस्को

मस्को, २३ मङ्सिर । रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्येका लागि दुई पक्ष बिच साझा आधार प्रस्तुत गरेको बताएको छ ।

पत्रकारसँगको साक्षात्कारमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रणनीतिले अमेरिकी हितको दृढतापूर्वक रक्षा गर्दै यसले वार्ता र आपसी समझदारीको खोजीको लागि पनि पर्याप्त आधार तय गरेको जनाउनु भएको छ ।  

रणनीतिले युक्रेनी सङ्कटसँग सम्बन्धित धेरै प्रावधानहरूले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आधारका रूपमा काम गर्न सक्नेसमेत उहाँले बताउनु भएको छ ।

  यस अघि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा भएका संशोधनहरू धेरै हदसम्म मस्कोको दृष्टिकोणसँग मेल खाएको उल्लेख गर्दै उसले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्भावना बढाएको बताउनु भएको थियो ।