रौतहट, २१ मङ्सिर । जिल्लाको सदरमुकाम गौर नगरवासीको लामो समयदेखि रहेको चाहनालाई सम्बोधन गर्दै गौर नगरपालिका द्वारा सञ्चालित श्री रामलखन हरि साह गुरुकुल विद्यापीठ, गौर–२ मा आइतबार देखि औपचारिक रूपमा कर्मकाण्ड प्रशिक्षण/अध्यापनको शुभारम्भ गरिएको छ।
नगरप्रमुख शम्भु साहको निरन्तर पहल अथक प्रयास र समन्वयका कारण नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी–दाङले गौर नगरपालिका–स्थित जुद्ध माध्यमिक विद्यालयको दक्षिणतर्फ रहेको गुरुकुलमा यो महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गरेको हो। यस प्रशिक्षण कार्यक्रबाट गौर नगरवासी सहित सम्पूर्ण रौतहटबासीका लागि एक सुवर्ण अवसर प्राप्त भएको नगरप्रमुख शम्भु साहले बताए।
साथै इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै गुरुकुल विद्यापीठमा सम्पर्क गरी भर्ना प्रक्रियामा सहभागी हुन उनको आग्रह रहेको छ।