आइतबार ११ माघ, २०८२

नेपाली समय

मधेश प्रदेशको मदरसा शिक्षा सम्बन्धी विधेयकविरुद्ध विभिन्न ठाउँमा प्रदर्शन

मधेश प्रदेशको मदरसा शिक्षा सम्बन्धी विधेयकविरुद्ध विभिन्न ठाउँमा प्रदर्शन

रौतहट, १७ मङ्सिर । मधेश प्रदेश सरकारले प्रस्तुत गरेको मदरसा शिक्षा विधेयक खारेज गर्न माग गर्दै धनुषा, वीरगञ्ज लगायतका विभिन्न स्थानहरूमा बुधबार हिन्दुवादी युवा समूहहरूले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

जुलुसमा सहभागीहरूले प्रस्तावित विधेयकले प्रदेशको शिक्षा व्यवस्था र सामाजिक सन्तुलनमा नकारात्मक प्रभाव पार्ने दाबी गर्दै त्यसको तत्काल रद्दका लागि प्रदेश सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्य राखेको बताउँछन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रदेश सरकार र मुख्यमन्त्रीविरुद्ध नाराबाजी गर्दै विधेयक “हिन्दु समुदायविरोधी” भएको आरोप लगाएका थिए ।

यस विषयमा प्रदेश सरकारले भने विधेयक धार्मिक समुदायबीच शैक्षिक पहुँच वृद्धि गर्ने र मदरसा शिक्षा प्रणालीलाई औपचारिक संरचनामा लैजाने उद्देश्यका साथ अघि बढाइएको बताउँदै आएको छ ।विधेयकबारे प्रदेशसभा तथा विभिन्न राजनीतिक दलबीच पनि मतभेद देखिएको छ ।

विरोध तथा समर्थनका बीच यो विधेयकबारे आगामी दिनमा थप छलफलको अपेक्षा गरिएको हो ।