आइतबार २३ कात्तिक, २०८२

नेपाली समय

बल्खुस्थित बागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

बल्खुस्थित बागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

काठमाडौँ, १८ असोज । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका  १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।

बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिनुभयो ।