बिहीबार ०१ असोज, २०८३

नेपाली समय

भारतीय केरा आयात हुँदा नेपाली केरा किसानको केराले बजार पाएन

भारतीय केरा आयात हुँदा नेपाली केरा किसानको केराले बजार पाएन

परासी, १६ भदौ । नेपालमा भारतीय केरा आयात हुँदा  नेपाली केरा किसान बजार नपाउँदा मर्कामा परेका छन् । भारतबाट  आयात हुँदा केरा किसानहरूले केराको मूल्य नपाउँदा मर्कामा परेका हुन । बजारमा ल्याउने तयारी अवस्थामा   केराले बजार नपाउँदा पश्चिम नवलपरासीका केरा किसानहरू चिन्तित भएका  छन् ।

पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकामा केरा खेतीतर्फ किसानहरू आकर्षित र जीवनयापन गदै आएका छन  तर भारतीय केरा आयात हुँदा यहाँका किसानहरू लगाएको केरा बजार र उचित मूल्य नपाउँदा प्रतापुरका ४ का गोपाल ठकुरीले चिन्तित भएका छन । उनले भने भारतीय केरा आयात हुँदा हामीले उत्पादन गरेको केरा बजार नपाउँदा मार्कमा परेको गुनासो गरे । भारतीय केरा सस्तोमा आयात हुँदा नेपालमा उत्पादन भएको केरा उचित मूल्य र बजार नपाउँदा खेतको बोटमै कुहिने थालेको बताए ।

उनले एक बिगाहमा केरा खेती गरेको तर बजार र उचित मूल्य नपाएको र  गतबर्ष ४० देखी ४५ रुपैयाँ दर्जन बिक्री गरेको यसबर्ष १० देखी १५ रुपैयाँमा व्यापारीहरू किन्न आएको  बताए ।

सुस्ता ४ नसही१ बिगाहमा केरा खेती गदै आएकी चोकमाया घले  उत्पादन गरेको केरा बजार नपाउँदा थन्काएर राख्नु परेको बताइन् । बिक्रीको लागि तयार भएको केरा कतै बेच्न सकेको छैन । यहाँ व्यापारीले सस्तो मूल्य मागे पछि लगाएको बोटको र बिक्री गरेर भने मलको पैसा पनि नउठ्ने बताइन् । यहाँ व्यापारीले १० देखी १५ रुपैयाँ दर्जन हिसाबले किन्न आएको उक्त मूल्यमा दिँदा भन्दा बोटमै कुहाएको पनि भईउगो नि भन्दै भारतीय बजारबाट केरा आउँदा यहाँ किसानहरू मारमा परेको यसलाई तत्काल सरकारले रोक्नुपर्ने बताईन्  । गतबर्ष १० लाख केरा बिक्री गरेको यसबर्ष जम्मा ४० हजार केरा बिक्री बितरण गरेको घलेको भनाई थियो ।

प्रतापुर ६ काठहवा मोतीलाल कोईरी ६ बिगाहमा केरा खेती गदै आएका उनले भने  खेतमा केरा तयार भएको तर व्यापारी २० रुपैयाँ दर्जन मागी रहेका छन उक्त मूल्यमा बिक्री गरे भने लगाएको ज्यालमजदुरी पनि नउठ्ने भन्दै जब सम्म भरतबाट आउने केरा बन्द हुँदैन यहाँका किसानहरूको केराको पाउनुपर्ने मूल्य नपाउने गुनासो गरे ।उनले ऋण लिएर केरा खेती गरेको तर अहिले अवस्थामा यही मूल्यमा बिक्री गरेमा  ऋण तिर्न के व्याज पनि तिर्न नपुग्ने अवस्था आएको छ ।सुस्ता ४का तीन बिगाहा लिजमा लिएर केरा खेती गदै  बैजनाथ कानु बानियाले केराको बजार नपाउँदा र मूल्य नपाउँदा मारमा परेको बताए । भारतीय बजारबाट आयात हुने केरासरकार रोकेर नेपालमा उत्पादन भएको केरा बिक्री बितरण र सही उचित मूल्यमा बिक्री वितरणको वातावरण सिर्जन गर्नुपर्ने बताए । प्रथापुरका ८ का केरा खेती व्यावसायिक रूपले गदै आएका अमरसेन कोईरीले बैकको ऋण लिएर खेती गदै आएको र केरा तयार भएको तर व्यापारी केरा किन्न नआएको र आएपनि सस्तो मूल्य माग्ने गरेको  हामी सस्तोमा नदिने बरु बोटमै केरा पाकेर सुक्छ तर सस्तोमा नदिने बताए । यो सब भारतबाट आयत हुँदा नेपाली केराको मूल्य नपाएको गुनासो गरे । उनले भने व्यापारीहरूले २०रुपैयाँ यहाँ केरा किन्न भनेर आउने गरेको उक्त मूल्यमा दिँदा लगाएको ज्याला मजदुरी र ऋण पनि तिर्न नसकीने अवस्था रहेको छ ।

१५ कठ्ठमा केरा खेती गदै आएका सुस्ता ४ नसहीका धन बहादुर गुरुडले केराको बजार नपाउँदा बोटमै केरा थन्काएर राखेको गुनासो गरे ।भारतबाट आउने केरा सस्तो मूल्यमा बिक्री हुन थालेपछि यहाँ उत्पादन भएको केरा बिक्री बितरण हुन नसकेको र बोटमै कुहिन थाले गुरुडले भने । उनले बोटमै केरा पाकेको छ अझै पाकेर बोटबाट केरा बिक्री गर्न कहाँ लैजाने चिन्ता सताएको छ । १८ सय २५ बिगाहमा केरा खेती लगाइएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताए । उनको अनुसार  एक हजार २५ मेट्रिक टन उत्पादन हुने गरेको बताए । तर यसबर्ष भारतीय केराको आयातले गर्दा यहाँ आधी पनि केरा बिक्री नभएको यादवले जानकारी दिए ।

उनले भने 'भारतीय केरा बन्द भए न भने केरा किसानहरुले आन्दोलन गर्ने चेतावनी दिए । गतबर्ष २५ देखी ३५ रुपैयाँसम्म केरा दर्जन बिक्री भएको तर यस वर्ष १५ देखी बढीमा २५ सम्म बिक्री गर्न बाध्य छन्' ।

जिल्लामा २ हजार क्षेत्रफलमा केरा खेती हुँदै आएको यादवले बताए ।