शुक्रबार २३ असोज, २०८३

नेपाली समय

भोजपुरको विद्योदय माविमा पूर्व विद्यार्थी भेला

भोजपुरको विद्योदय माविमा पूर्व विद्यार्थी भेला

भोजपुर, १४ भदौ । राणा शासनको अन्त्यसँगै २००७ सालमा स्थापित भोजपुरको ऐतिहासिक विद्योदय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरूको भेला आयोजना गरिएको छ  । 

स्थापनाकाल पश्चात् विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई भेला गराई पूर्व विद्यार्थी मञ्च गठन गर्ने उद्धेश्यकासाथ भेला आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक खोमराज धमलाले बताउनुभयो । भेलाको पूर्वविद्यार्थी तथा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलले उद्घाटन गर्नु भएको थियो । पूर्व विद्यार्थीहरूको भेलाले किशोर कुमार ताम्राकारको संयोजकत्वमा ११ सदस्यीय समिति समेत निर्माण गरेको छ । समिति सदस्यहरूमा पूर्व विद्यार्थीहरू नविन प्रधान, शैलेन्द्र कार्की, विनम श्रेष्ठ, नविन बुढाथोकी, रविन राई रहनु भएको छ । यस्तै अन्य सदस्यहरूमा बद्री श्रेष्ठ, निरादेवी प्रधान, रक्तम राई, यदुकुमारी सुवाल र बाबुराम ओझा रहनु भएको विद्यालयले जनाएको छ । 

बनेको समितिलाई सहयोग गर्ननगर प्रमुख आले, पूर्व प्रधानाध्यापक चन्द्र कुमार उदास, पूर्व विद्यार्थी ध्रुवलाल श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष बद्री कुमार श्रेष्ठ, पूर्व विद्यार्थी कालुराम राई गरी ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । 

आगामी केही महिना भित्र काठमाण्डौमा बृहतरुपमा भेला आयोजना गरी पूर्व विद्यार्थी मञ्च गठनलाई पूर्णता दिइने प्रअ धमलाको भनाई छ ।