बुधबार ०९ बैशाख, २०८३

नेपाली समय

स्कारपियो र बस ठोक्किँदा ठूलो दुर्घटना टर्यो, सबै सकुशल

स्कारपियो र बस ठोक्किँदा ठूलो दुर्घटना टर्यो, सबै सकुशल

रौतहट, २८ साउन । जिल्लाको  गौर–चपुर सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा ठूलो मानवीय क्षति हुनबाट ज्यान जोगिएको छ। यमुनामाई गाउँपालिका ५ झुनखुनवा तथा राजपुर नगरपालिका १ स्थित शेख इद्रीस गेट नजिक दुर्घटना भएको हो।

प्राप्त जानकारी अनुसार गौरबाट चपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६०४१ नम्बरको स्कारपियो र चपुरबाट गौरतर्फ आउँदै गरेको ना ४ ख ५३१८ नम्बरको दुर्गा डिलक्स बस एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि दुवै गाडीका चालक र बसमा सवार यात्रुहरू सकुशल रहेको पुष्टि भएको हो । मानवीय क्षति नभए पनि दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको छ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, दुर्घटनाको कारण स्कारपियो चालकको लापरबाही भएको हुनसक्ने अनुमान गरिएको हो। अस्थायी प्रहरी पोष्ट बमनहरले घटना स्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको हो।