बुधबार ३० बैशाख, २०८३

नेपाली समय

पिकपको ठक्करबाट मोटरसाइकल सवार एकको मृत्यु अर्को घाइते

पिकपको ठक्करबाट मोटरसाइकल सवार एकको मृत्यु अर्को घाइते

रौतहट, १९ साउन । जिल्लाको उत्तरी भेगमा रहेको फतुवा विजयपुर नगरपालिका १० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाइते दुई जनामध्ये एक जनाको मृत्यु भएको भने अर्का घाइते भएका छन् । विजयपुरबाट जंगलसहिया तर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअपले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका ५ निवासी नेपाल प्रहरीका पूर्व प्रहरी ६० वर्षीय सहायक निरीक्षक  सुशील कुमार क्षेत्री तथा  सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा चोट लागेको थियो। घाइते दम्पतीलाई उपचारका लागि तत्काल वीरगन्जस्थित नेशनल मेडिकल पठाइएको भएपनि अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए। 

अर्को घाइते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भइरहेको प्रहरीले जनाए। दुर्घटनास्थल प्रहरी चौकी दुधिअवाबाट करिब १ किलोमिटर पूर्वमा रहेको हो। ३२६३ नं को पिकअप सहित चालक मोरङका २४ वर्षीय रमेश परियारलाई नियन्त्रणमा राखेको प्रहरी निरीक्षक  यादवले जनाए