रौतहट, २८ असार । आफ्नै छोरीलाई प्रयोग गरेर छिमेकीलाई फसाउने उद्देश्यबाट ओतप्रोत भई शरीर बन्धक, चेलिबेटी बेचविखन तथा अपहरण मुद्दा दर्ता गराउने महिलालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ ।
जिल्लाको माधवनारायण नगरपालिका ५ मिठुअवाको कटहरिया टोली निवासी जनक सहनीको ४१ बर्षीया श्रीमती प्रमिला देवी सहनीले अरुको उक्साहटमा आएर छिमेकीलाई फसाउन छोरीलाई प्रयोग गरेर शरीर बन्धक, अपहरण तथा चेलिबेटी बेचविखन मुद्दाको कृतिम जाहेरी बनाई दर्ता गराउन खोज्नेलाई रौतहट प्रहरीले पक्राउ गरी अभद्र कसुरमा मुद्दा चलाएको हो ।
प्रमिला सहनी र जनक सहनिले छिकेकी रामजी सहनीको श्रीमती सुनिता देवी सहनीको घरमा गएर कुटपिट गरेको थियो । गरुडा प्रहरी कार्यालयमा उजुरी परे पछी छलफल हुँदा रु. ४००० उपचार र औषधि बापत तिर्न सहमति भयो तर पैसा पीडितलाई दिएनन् । सामाजिक रूपमा छलफल गर्न पुगेका मदन साह भने राम प्रताप शाहको घर अगाडी पुगी तिमी विरुद्ध मुद्दा दर्ता गराउने धम्की दिँदै नानाथरीको गालीगलौज गरी बेइज्जती गरेको, सामाजिक प्रतिष्ठा माथि आँच पुर्याउने लगायतको कार्य गरेको हुनाले निजलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको बताइएको छ ।
जाहेरीकर्ता मदन साह भन्ने रामप्रताप साहका अनुसार, वडाध्यक्ष नरेन्द्र सहनीको उक्साहटमा आएर प्रमिला देवीले गरेको जघन्य अपराधका लागि राज्यले निर्धारण गरेका कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय समक्ष गुहार लगाएका छौं ।
हुँदै नभएको घटनालाई कृतिम जाहेरी बनाएर फसाउन खोज्दा प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनाहरू सबै काल्पनिक रहेको हुँदा निज प्रमिला देवीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिए । आवश्यक अनुसन्धान पश्चात् प्रमिलालाई अभद्र कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट हिजो शुक्रवार ५ दिनेको म्याद लिएर प्रहरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय गौरले बताए ।