रौतहट, २५ असार । जिल्लाको सदरमुकाम गौरको टिकुलिया स्थित बाँध कटान गर्न जम्मा १० मिटर मात्र बाँकी रहेको संवेदनशील स्थानमा बोल्डर वा ग्याविन जाली गर्नुपर्ने स्थानमा काम नगरी बॅाधमा भिष कमजोर माटो प्रयोग गरेर बॅाध निर्माण भइरहेको छ, जसले बाढीको समयमा संरचना बग्ने प्रबल सम्भावना बढेको स्थानीय वासी मदन सहनीले जानकारी गराए ।
यो बाध निर्माण कार्यमा मधेश प्रदेश सरकारको लाखौँ रुपैयाँ खर्च भइरहेको हुँदा पनि निर्माणको गुणस्तर अत्यन्तै न्यूनस्तरको रहेको र असारे विकासको नाममा हतारमा काम गरिँदै बजेटको दुरुपयोग भइरहेको स्थानीयहरूको आरोप रहेको हो ।“यो बॅाध केही महिनामै बग्नेछ, बोल्डरको सट्टा माटो हालेर हामीलाई झुक्याउने काम भइरहेको छ, स्थानीय मदन सहनी बताउँछन्।
जनताको माग:तुरुन्तै निर्माण कार्यको प्राविधिक अनुगमन गरियोस्, कमजोर माटो हटाई आवश्यक संरचनात्मक बलयुक्त सामग्री जस्तै बोल्डर, ग्याविन जाली आदि प्रयोग गरियोस् दोषी ठेकेदार वा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइयोस वर्षा र बाढीले जनधनको क्षति हुनुअघि जिम्मेवार निकायले कदम चालोस्।
सार्वजनिक ढुकुटीबाट खर्च गरिने रकम जनताको सेवा र सुरक्षा सुनिश्चित गर्न प्रयोग हुनुपर्छ। असारे विकासको नाममा भीस माटोको बॅाध बनाएर लाखौंको बजेट खेर फाल्ने कार्य तुरुन्त रोकियोस्। सम्बन्धित निकायको गम्भीर ध्यान आवश्यक रहेको देखिन्छ ।