शनिबार ०३ साउन, २०८२

नेपाली समय

१५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड उसु प्रतियोगितामा बबितालई स्वर्ण पदक

१५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड उसु प्रतियोगितामा बबितालई स्वर्ण पदक

काठमाडौँ, ६ असार । १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरबाट उसु प्रतियोगितामा बबिता ठाडा मगरले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेकी छिन् । एघार वर्षकी मगर ईष्ट-पोल माध्यमिक विद्यालय, गोकर्णेश्वरमा कक्षा ७ मा अध्ययनरत छिन् । 

१५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको थियो । मगर विद्यालय स्तरबाट नगर, जिल्ला, प्रदेश हुँदै उक्त प्रतियोगितामा सात प्रदेशका तेह्रजना प्रतिष्पर्धीहरुलाई पछिपार्दै यस प्रतियोगिता सम्म पुगेकी थिइन् । मगरले उसु खेलमा स्वर्ण पदक प्राप्त गरे पश्चात् विद्यालयका प्रधानाध्यापक लगायत गुरु गुरुआमाहरूले खुसी व्यक्त गर्दै मगरलाई बधाई दिएका छन् ।

बबिताले उसुमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेपछि आमा बिपनाले खुसी व्यक्त गर्दै यस स्थानसम्म ल्याउन आफूले पनि धेरै मेहनत गरेको र त्यसैको फल आज प्राप्त भएको बताएकी छिन् । आफूले आफ्नी छोरीको लागि अध्ययन र खेलकूदको लागि समयको व्यवस्थापन गरेको बताइन् । 

उनी भन्छिन्, "मेरो छोरीले यस अगाडी पनि अन्तर्राष्ट्रिय स्तरको खेलबाट दुईपटक गोल्ड मेडल ल्याइसकेकी छिन् र अगामी दिनमा बविताको लागि म र उनको बाबा सधैँ तत्पर रहने छौँ । यो हाम्रो परिवार र विद्यालयको मात्र गौरवको विषय नभएर राष्ट्रको गहनाको रूपमा सबैले लिनु पर्छ । अन्तर्राष्ट्रिय स्तरको खेलकूदहरुमा सफल हुँदा व्यक्ति मात्र चिनिँदैन, उसले राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ ।"

बिपनाले विद्यालय परिवार र उनलाई खेलकूदमा प्रशिक्षण दिने गुरुलाई धन्यवाद् दिएकी छिन् । बविताको सफलताको पछाडि सबैको उतिकै महत्वपूर्ण भूमिका रहेको भन्दै कृतज्ञता व्यक्त गरेकी छिन् ।

उनी भन्छिन्, "खेलकुदले विद्यार्थीको अध्ययनमा बाधा पर्ने धेरैको भ्रम रहेको छ। खेलकूदले विद्यार्थीको अध्ययनमा बाधा पुग्दैन। खेलकूद विधार्थीको लागि सहयोगी हुन्छ भने यसले उनीहरुको स्वास्थ्य शारीर  तथा मानसिक स्वास्थ्यको लागि झन् अनिवार्य हुन्छ । अहिले सम्म बविता पढाईमा समेत अब्बल रहेकी छिन्। अन्य अभिभावकहरुले पनि आफ्ना नानीबाबुहरूलाई खेलकूदमा प्रोत्साहन गर्न आग्रह गर्दछु ।"