रौतहट, ४ असार । रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको करेन्टबाट मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरीयामा मोबाइल चार्जमा लगाउँदै गरेको क्रममा करेन्ट लागेर ज्यान गएको पीडित परिवारले जानकारी दिए।
मृत्यु हुनेमा शेख सकुरको ३५ वर्षकी छोरी तथा मतिहुलाको श्रीमती कुल्लनाज खातुन रहेको रहेकी छिन् । मृतक खातुन आठ महिनाकी गर्भवती रहेकी प्रादेशिक अस्पताल गौरले जनाएको छ ।
मृतक माहिलाकी बुवा शेख सकुरले दिएको जानकारी अनुसार बुधवार दिउँसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर ज्यान गएको परिवार श्रोतले जनाए । उनका अनुसार १५ वर्ष अघि मुस्लिम परम्परागत विवाह भएको थियो । मृतककी तीन छोराछोरी रहेको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको तथा पोष्टमार्टम पछि शदगदका लागि परिवार श्रोताको जिम्मेवारी दिने अस्पतालले जनाए।