शनिबार ०७ असार, २०८२

नेपाली समय

नेपाल आर्य समाज रौतहटका अध्यक्षमा राउत

नेपाल आर्य समाज रौतहटका अध्यक्षमा राउत

रौतहट, ३ जेठ । नेपाल आर्य समाज रौतहटका अध्यक्ष पदमा  राउत सर्वसहमतिबाट चयन भएका छन् ।सदरमुकाम गौर स्थित रौतहट आर्य समाजको भवनमा शनिवार बसेको बैठकबाट सत्यनारायण राउत पुनः सर्वसहमतिबाट चयन भएको बैठकमा सहभागी राजेश कुमारले बताए ।

सत्यनारायण राउतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसहमतिबाट चयन भएको शिवनारायण राउतले बताए । आर्य समाज रौतहट शाखाका नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा लक्ष्ममीनारायण पाण्डे, जयमंगल प्रसाद, भागरित साह सचिवमा चन्देश्वर साह, सहसचिवमा प्रदिप कुमार महतो कोषाध्यक्षमा रामप्रकाश साह चयन भएका हुन् ।

२१ सदस्यीय उक्त कार्यसमितिका सदस्यमा रामेश साह, राजेश्वर कुमार , रामनारायण प्रसाद, अमिन्द्र आर्य, रामसिंह पटेल, सुरेन्द्र साह, केदार गिेरी, नन्दलाल साह, श्याम सुन्दर आर्य, रामराज पटेल, राधेश्याम साह, उमाशंकर साह, महेन्द्र सहनी र सुरेन्द्र सहनी रहेका हुन । सत्यनारायण राउतको अध्यक्षतामा बसेको उक्त बैठकबाट सर्वसहमतिबाट चयन भएका उक्त २१ सदस्यीय कार्यसमितिको अर्को बैठक जेठ २४ गते परोहा नगरपालिकाको भेडियाही गाउँमा हुने अध्यक्ष राउतले बताए ।

बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष राउतले बिगतको १२ वर्षमा आर्य समाजको विस्तारमा भोगेका कठिनाई र त्यसका उपलब्धि बारे सहभागीहरूसँग आफ्नो भनाइ राखेका थिए।

कोषाध्यक्ष रामप्रकाश साहले बैठकमा २०६७/६८ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।