२०८२ साल जेष्ठ महिनाको मासिक राशिफल:
मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– २०८२ जेष्ठ महिना मेष राशिका ब्यक्तिका लागि आफन्तजन सित वादविवादमा पर्न सकिने, शीर सम्बन्धी समस्याले सताउने, सञ्चित धन नोक्सान, कार्यमा अवरोध, अपमान भय, मातालाई कष्ट अध्ययनमा मिहिनेत गर्नु पर्ने, यात्रा प्राप्त भएता पनि यात्रा कष्टकर दुखदायी रहनेछ । राज्यको कारण धनहानी, नोक्सान बेहोर्न पर्नेछ । मित्रजनसँग वादविवाद बढ्न सक्नेछ । कुटुम्ब सित टाढा रहनुका साथै वादविवादमा फस्न सकिने, अध्ययनमा अवरोध, सन्तानलाई हानी नोक्सान हुन सक्नेछ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०८२ जेष्ठ महिना वृष राशिका ब्यक्तिका लागि धन नाश, कार्य नास, रक्त सम्बन्धी समस्याले सताउने, हरेक कार्यमा अवरोध, मानसिक तनाव चिन्ता बढ्नेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनुका साथै धन लाभ हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । कुलकुटुम्बबाट सुख आनन्द प्राप्त हुने, मित्रजनबाट पूर्ण साथ सहयोग प्राप्त हुनेछ । फलाम तेल, कोइला सम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०८२ जेष्ठ महिना मिथुन राशिका ब्यक्तिका लागि टाढाको यात्रा गर्नु पर्ने, कार्यमा अवरोधका साथै पद प्रतिष्ठामा हानी, खर्च बढ्ने, खानपिनमा सजगता अपनाउनु पर्ने, मित्रजन सित वादविवाद पर्नुको साथै अपमानको सामना गर्नु पर्नेछ । आटेका सम्पूर्ण कार्य अवरोध, दाजुभाइ सित विवाद झैँ झगडा बढ्न सक्ने, मान हानी, रोजगारमा बाधा उत्पन्न हुनेछ । शारीरिक पीडाका साथै, कार्यमा असफलता हुनेछ भने नोकरी व्यवसायमा विध्नबाधा हुनेछ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०८२ साल जेष्ठ महिनामा कर्कट राशिका ब्यक्तिका लागि धन लाभ, मिष्ठान भोजन, नवीन कार्य गर्ने अवसर प्राप्त हुनेछ । माङ्गलिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनुका साथै स्वास्थ्यमा सुधार हुनेछ । सरकारी क्षेत्रमा रहनु भएकाहरूलाई पदोन्नती हुनेछ भने बोलीमा प्रभावकारिता बढ्ने देखिन्छ । रक्त विकार बढ्नुका साथै कष्ट हुनेछ भने खराब मान्छेका कारण कार्यमा अवरोध हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । यात्रामा कष्ट धन नोक्सान हुनेछ । आय भन्दा खर्च बढी हुनेछ । धार्मिक यात्राको अवसर प्राप्त हुनेछ ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०८२ जेष्ठ महिना सिंह राशिका ब्यक्तिका लागि धन लाभ, मित्र जनको कारण सुख प्राप्त हुनुका साथै धन लाभ हुनेछ । सरकारी क्षेत्रमा संलग्नका रहनेहरूका लागि आर्थिक लाभ, सम्मान, इज्जत प्रतिष्ठा प्राप्त हुनेछ प्रत्येक कार्यमा सफलताका साथै पदोन्नती हुनेछ । घर जग्गाको काम कारोबार गर्नेलाई नोक्सानका साथै सुरक्षा क्षेत्रमा रहनेहरूलाई हानी हुन सक्नेछ । टाढाको यात्रा प्राप्त हुनुका साथै यात्रा कठिन दुःखदायी हुनेछ । धनलाभ बोलीमा प्रभावकारिता बढ्ने छ । विलासी सामाग्रीमा खर्च बढ्ने छ । कार्यमा अवरोध हुनुका साथै अपमानित भय डर त्रास बढ्ने छ ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०८२ जेष्ठ महिना कन्या राशिका ब्यक्तिका लागि पराक्रम घटने, झुटा आरोप लाग्न सक्ने,आयमा कमी रोग तथा मनमा अशान्ति उत्पन्न हुनेछ भने अपमानका साथै भय डर त्रास उत्पन्न हुनेछ । भूमि तथा कृषि सम्बन्धी काम कारोबार गर्नेहरूलाई आर्थिक लाभ रहनेछ । आटेका सम्पूर्ण कार्यहरू सम्पन्न हुनेछन् । खाद्यान्न बस्तुको काम कारोबार गर्नेहरूलाई हानी नोक्सानी रहेको छ । भय, डरत्रास उत्पन्न हुनेछ । प्रजनन सम्बन्धी समस्या बढ्ने छ । बारम्बार यात्राको अवसर प्राप्त हुनेछ । मान सम्मानमा कमी हुनेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०८२ जेष्ठ महिना तुला राशिका ब्यक्तिका लागि विरोधीपक्ष सित झैँ झगडा विवादमा पर्न सकिनेछ, शरीरमा पीडा, मानसिक तनाव बढ्ने छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट विवाद तथा रोगले सताउन सक्नेछ जसको कारण अधिक खर्च बढ्ने छ । अपमान भय, डरत्रास बढ्ने देखिन्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ । राज्यपक्षबाट भय त्रास बढ्ने छ । राज्यपपक्षबाट मान सम्मान प्रतिष्ठा प्राप्त हुनेछ । यात्रा प्राप्त भएता पनि यात्रामा दुर्घटना चोटपटक लाग्न सक्नेछ । विरोधीपक्ष परास्त हुँदै जानेछन् मुद्दा मामिलामा विजयी प्राप्त समेत हुनेछ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०८२ जेष्ठ महिना वृश्चिक राशिका ब्यक्तिका लागि दाम्पत्य जीवनमा वैमनस्यता हुनेछ । परिवारमा विवाद रोग उत्पन्न हुनेछ । व्यवसायमा हानी, यात्रा कष्टकारी हुनेछ । मानसम्मानमा कमी रहनेछ । शरीर निर्बल, रोगले सताउन छ । रोगबाट धन हानी पेसा व्यवसायमा नोक्सान नोकरीमा तनावको अवस्था सिर्जना हुनेछ । मुद्दा मामिलामा विजय प्राप्त हुनेछ । भूमि, घर जग्गा, खनिज सम्बन्धी काम कारोबार गर्नेहरूलाई लाभ रहेको छ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०८२ जेष्ठ महिना धनु राशिका ब्यक्तिका लागि धन एवं उत्तम वस्त्रको सुख प्राप्त, विरोधीपक्ष परास्त, मान सम्मानमा कमी, शारीरिक तथा मानसिक सुख प्राप्त, कार्य सिद्धि एवं सुख प्राप्त, अन्न वस्त्रको लाभ, विरोधीपक्ष परास्त, रोगको नास, सरकारीपक्षबाट लाभ रहनेछ । सन्तान सम्बन्धी तनाव बढ्ने छ । शरीरमा उमङ्ग बढ्ने छ । टाढाको यात्रा प्राप्त भएता पनि यात्रामा कष्ट हुनेछ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०८२ जेष्ठ मकर राशिका ब्यक्तिका लागि मानसिक तनाव चिन्ता, धन हानी, राज्यको कारण वादविवाद यात्रामा दुर्घटना हुनेछ । मानसिक तथा शारीरिक कष्ट हुनेछ । कार्यमा ढिलासुस्ती हुनेछ । पेट सम्बन्धी समस्याले सताउने छ । कामदारबाट लाभ हुनेछ । फलाम सम्बन्धी काम कारोबारबाट लाभ हुनेछ । विरोधीपक्ष परास्त हुँदै जानेछन् । नोकर चाकरबाट आर्थिक लाभ, मान सम्मान प्राप्त, धार्मिक तथा परोपकारी कार्यमा सुख मिल्नेछ । पराक्रम बढ्नेछ । फलाम सम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ । पशु चौपाया सम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०८२ जेष्ठ कुम्भ राशिका ब्यक्तिका लागि खराब व्यक्तिको कारण कार्यमा अवरोध, शीर सम्बन्धी समस्याले सताउने छ । व्यापार धन सम्पत्तिमा हानी नोक्सानी हुनेछ । मित्रजन तथा आफन्तहरू सित वादविवादमा फस्न सकिनेछ । अन्न, फलाम, सुन चाँदी सम्बन्धी काम कारोबारबाट आर्थिक लाभ हुनुका साथै जातकको प्रभाव बढ्ने छ । आट हिम्मतमा कमी हुनेछन् । आटेका कार्य सरल तरीकाले सम्पन्न हुनेछन् भने घरमा माङ्गलिक कार्यमा सरिक हुनेछ अवसर समेत प्राप्त हुनेछ । नवीन वस्त्र आभूषणबाट लाभ उन्नती रहनेछ । बिनाकारण अनावश्यक झैँ झगडामा फस्न सकिनेछ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०८२ जेष्ठ महिना मीन राशिका ब्यक्तिका लागि रोगबाट मुक्त आनन्द शुभ फल प्राप्त हुनेछ । राज्यपक्षबाट मान सम्मान इज्जत प्रतिष्ठा प्राप्त हुनेछ । आटेका सम्पूर्ण कार्य सरल तरीकाले सम्पन्न हुनेछन् । स्वास्थ्य समस्याको कारण धन नाश आर्थिक नास हुनेछ । खराब काममा मन लाग्नेछ । रत्न आभूषण सम्बन्धी काम कारोबार गर्नेहरूलाई आर्थिक लाभ हुनेछ । मनमा अशान्ति, तनाव बढ्ने छ । विरोधीपक्षहरु परास्त हुनुका साथै मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शारीरिक तथा मानसिक पीडा हुनेछ ।
राशिफलले जे-जस्तो भनेता पनि तपाईँको जेष्ठ महिना शुभ रहोस् !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय
फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]
facebook : Durga Prasad Upadhayaya
TikTok: d.astologer