शनिबार ०७ असार, २०८२

नेपाली समय

पाँच लाखको लागतमा मन्दिर निर्माण

पाँच लाखको लागतमा मन्दिर निर्माण

भोजपुर, ३० वैशाख । भोजपुरको बोखिममा जागेश्वर शिव मन्दिर निर्माण गरिएको छ । नव निर्मित मन्दिरको मंगलवार धार्मिक विधि तथा परम्परा अनुसार पूजाआजा गरी भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले उद्घाटन गर्नुभयो ।

भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा नगरपालिका, वडा कार्यालय र स्थानीयहरूको करिब ५ लाख आर्थिक सहयोगमा हरे कीर्तन एकादशी समाज सेवा भजन समूहद्वारा मन्दिर निर्माण भएको हो । स्थानीय भिम बहादुर दाहालले प्रदान गर्नु भएको आठ आना जग्गामा नगरपालिका, वडा कार्यालय र स्थानीयहरूबाट कुल एक लाख ६० हजार आर्थिक सङ्कलन सहित बाँकी श्रमदानबाट मन्दिर निर्माण भएको निर्माण  समिति अध्यक्ष मैयादेवी पाण्डेले बताउनुभयो । 

सोक्रममा नगर प्रमुख आलेले बहुजाती, भाषा, धर्म, संस्कार, संस्कृती युक्त विविधताले भरिपूर्ण हाम्रो समाजमा बोखिमवासीले आफनो धर्म, संस्कार र संस्कृती जर्गेनाका लागि निर्माण  गरेको मन्दिरले आस्थावान् सबैलाई खुशी तथा प्रेरणा दिएको बताउनुभयो ।