शनिबार ०७ असार, २०८२

नेपाली समय

सीमानामा तस्करी मौलाउँदै; प्रहरी र राजनीतिक संरक्षणमा तस्करी बढ्दो आरोप

सीमानामा तस्करी मौलाउँदै; प्रहरी र राजनीतिक संरक्षणमा तस्करी बढ्दो आरोप

बैशाख ३० रौतहट । नेपाल–भारत सीमानामा पर्ने एक संवेदनशील जिल्ला, तस्करीको बढ्दो गतिविधिबाट अहिले पुनः चर्चामा आएको छ। जिल्लाको लक्ष्मीपुर बेलविछवा, बन्जरहा, औरैया, मठिया,भारतीय तस्करहरूको लाल किला बनेको हो ।

औरैयाबाट दिनहुँ पाँच वटा नाईट बस काठमाडौं सम्म जाने गरेको छ। सो बसमा भंसार छली भारतीय कपडा,सूर्ती र चोरीको मोबाइल, लैपटप जस्ता तस्करी मौलाउँदै स्थानीयहरूको भनाई रहेको हो । रामपुर, खापघिउरा जस्ता प्रमुख सिमानाकाहरू हुँदै मदिरा, इन्धन, किराना, माछा, कपडा, जुत्ता, तयारी पोशाक, गिट्टी–बालुवा, कुखुरा, भैँसी, गाई, गरी सुर्तीजन्य वस्तुजस्ता उपभोग्य सामानहरू दैनिक रूपमा तस्करी भित्र्याइने कार्यमा तीव्रता पाएको स्थानीयहरू बताउँछन् ।

स्थानीय स्रोतका अनुसार, 'रौतहटका प्रहरी उपरीक्षकको हालसालैको सरुवा पश्चात् तस्करीको गतिविधिमा एक्कासी तीव्रता आएको हो। नयाँ प्रहरी उपरीक्षक तस्करी रोक्न सक्लान् कि फेरि यथास्थितिलाई मौन समर्थन दिनेछन् भन्ने प्रश्न स्थानीय बासिन्दाबीच उब्जिएको हो ।'

भारत तर्फका बजारबाट सस्तो मूल्यमा ल्याइएका लाखौँ रुपैयाँ बराबरका तयारी कपडा, जुत्ता, सुर्ती र अन्य सामग्रीहरू नेपालतर्फ भित्र्याइने गरेको हो। स्रोतहरूका अनुसार, केही तस्करहरूलाई स्थानीय राजनीतिक नेतृत्वले संरक्षण दिँदै आएको छ, जसले गर्दा सुरक्षाकर्मीहरू पनि दबाबमा रहने गरेका छन्।

सुरक्षाकर्मी र राजनीतिक संरक्षणमा तस्करी खुलेर भइरहेपछि राज्यप्रतिको जनताको विश्वासमा गम्भीर क्षति पुगेको स्थानीयले बताए। “जनताको सुरक्षा गर्ने जिम्मेवारी लिएका प्रहरी नै अवैध कारोबारमा संलग्न छन् भने आम सर्वसाधारण कसरी सुरक्षित हुने?” भन्ने चिन्ता गहिरिँदै गएको हो ।

यसरी बढ्दो तस्करीले सीमा क्षेत्रमा राज्यको नियन्त्रण कमजोर भएको सन्देश दिएको हो । अबको चुनौती भनेकै हाल नियुक्त प्रहरी उपरीक्षकले तस्करी नियन्त्रण गर्न सक्छन् कि सक्दैनन् भन्ने चुनौतीको विषय रहेको हो ।

खासगरी औरैया, बन्जरहा, र मठिया नाकाबाट रात्री बस प्रयोग गरी रातको समयमा ठूला परिमाणमा सामान नेपाल भित्र्याउने गरिएको छ। यस प्रक्रियामा स्थानीय चौकी इन्चार्जहरूको भूमिका पनि बन्न थालेको हो । जनगुनासोअनुसार, प्रहरीकै मिलेमतोमा तस्करी खुलेआम  सुरक्षाकर्मीहरू नै निगरानीको नाममा तस्करीलाई संरक्षण गरिरहेको आरोप लागिरहेको हो ।