शनिबार ०७ असार, २०८२

नेपाली समय

ब्रह्म स्थान तथा हनुमान मन्दिर निर्माण कार्यको उद्घाटन, शिलान्यास

ब्रह्म स्थान तथा हनुमान मन्दिर निर्माण कार्यको उद्घाटन, शिलान्यास

रौतहट, २१ वैशाख । राजपुर नगरपालिका ५ मा अवस्थित अधुरो ब्रह्म स्थान तथा हनुमान मन्दिरको निर्माण कार्यको उद्घाटन तथा माथिल्लो भागको गुम्बजको शिलान्यास जनमत पार्टीका रौतहट क्षेत्र नं. २ का प्रदेशसभा सदस्य प्रत्याशी मो. आलम उर्फ बाबु साहेबले गरेका हुन् ।

कार्यक्रमको सञ्चालन लोकनाथ ठाकुरले गर्नुभएको थियो भने आयोजना पर्यटन विकास कार्यालयमार्फत सञ्चालन गरिएको हो। उपभोक्ता समितिका अध्यक्ष श्याम बाबु साह रहेका थिए। करिब १६ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको हो । मन्दिर पुनर्निर्माण हुने खबरले राजपुर नगरपालिकावासीहरूमा उत्साह छाएको स्थानीयले बताएका छन्।

सो अवसरमा जनमत पार्टीका नगर इन्चार्ज मो. जमिलउल्लाह, शेख रहुलहक, पूर्व नगर इन्चार्ज शेख फेराज, युवा नेता शेख नसिम, राम बाबु ठाकुर, लखिन्द्र साह, रमेश जैसवाल, रामलगन पण्डित लगायतका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।