आइतबार ०४ जेठ, २०८२

नेपाली समय

सेख जमसैद आलमद्वारा मूल सडकमा नाला तथा ढलानको शिलान्यास

सेख जमसैद आलमद्वारा मूल सडकमा नाला तथा ढलानको शिलान्यास

रौतहट, १४ वैशाख । जनमत पार्टीका जिल्ला इन्चार्ज सेख जमसैद आलमद्वारा मूल सडकमा नाला तथा ढलानको शिलान्यास गरेका छन्। रौतहटको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया गोट बस्ती जाने मूल सडकमा नाला तथा ढलानको लागि आइतबार जमसैद आलमले शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रममै बोल्दै सेख जमसैदले राजपुर नगरपालिका भित्र रहेका वाड नम्बर ९ टोल बैरियालाई एक नम्बरमा प्राथमिकता दिएर बाटोघाटो सहित नला बनाई विकसित बस्तीको रूपमा परिणत गर्ने योजना रहेको उनले बताए । प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयबाट २५ लाखको लागतमा नाला सहित सडक ढलान गरिने जमसैदले जानकारी गराएका छन् । 

 शिलान्यास भएको सडक ढलान कार्यक्रममा उपस्थित रहेको राजपुर नगरपालिका पूर्व नगर प्रमुख मो. सकिल अख्तर, जनमतका मनसारूल, विकास यादव, सेख सोएब, अबदु सलाम, सेख तईयब, लगायतको उपस्थिति रहेको थियो ।