बुधबार १७ बैशाख, २०८२

नेपाली समय

लूटधन्दा चलाएका आनन्द अस्पतालका सञ्चालक उमेश प्रसाद फरार, अन्य १० अस्पताल पनि बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

लूटधन्दा चलाएका आनन्द अस्पतालका सञ्चालक उमेश प्रसाद फरार,  अन्य १० अस्पताल पनि बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

रौतहट, २७ फागुन । उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौँदेखि बिरामीलाई लूटधन्दा चलाउदै आएका रौतहटको शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर अन्ततः बन्द भएको छ । गरुडा नगरपालिका ५ शिवनगरमा अवैध रूपमा सञ्चालित आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालिलाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका थिए ।

मुख्यमन्त्री सिंहले केही दिन पहिला अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरूको छड्के अनुगमन निरीक्षण गरेका छन् । सो क्रममा मुख्यमन्त्री सिंहले आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि शिवनगरमा पनि अनुगमन गर्न पुगेका थिए । मुख्यमन्त्री सिंह अनुगमन गर्दा कानुन विपरीत सञ्चालनमा रहेको पाइएपछि तत्काल आनन्द अस्पताल एक्यूपन्चर सेन्टर बन्द गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहको नेतृत्वमा अनुगमन टोली आउँदै गरेको सुइँको पाउनसाथ सो हस्पिटलका सञ्चालक तथा कथित डाक्टर कहलाउने उमेश प्रसाद फरार भएका थिए । अनुगमनको क्रममा आनन्द हस्पिटल शिवनगरले गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएपनि २५ भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएपनि तीनवटा भवनमा हस्पिटल सञ्चालन गरेको, अन्य मापदण्ड पुरा नगरेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए ।

नियमले नगरपालिकाले निजी अस्पताललाई १५ शय्या बेडको मात्र अनुमति दिन पाउँछ तर गरुडा नगरपालिकाले कानुन विपरीत आनन्द हस्पिटल शिवनगरलाई २५ शय्या बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएको छ ।  मापदण्ड पुरा गरेर मात्र हस्पिटल सञ्चालन गर्ने मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन । आफनो निर्देशनलाई अटेरी गरी अस्पताल सञ्चालन गरे आनन्द हस्पिटलका सञ्चालकलाई पक्राउ गरी कडा कार्यवाही गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए । एनएमसी नम्बर समेत नलिई आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसादले उपचारको नाममा बिरामीसँग चर्को शुल्क असुल्दै आएका थिए । वर्षौँदेखि बिरामीको ढाड सेक्ने गरी कथित डाक्टर उमेशले चर्को रकम अशुल्दै आएका थिए ।

मापदण्ड पुरा नगरी गैर कानुनी तरिकाले हस्पिटल सञ्चालन गरी बिरामीलाई लुट्ने आनन्द अस्पताल शिवनगरलाई मुख्यमन्त्री सिंहले अन्ततः बन्द गर्ने निर्देशन दिएका छन् । कानुन विपरीत सञ्चालित आनन्द हस्पिटल पछिल्लो समय ज्यानमारा हस्पिटल समेत बन्दै गएको हो । उपचारमा लापरबाही गरेका कारण केही दिन अघि मात्रै उक्त हस्पिटलमा एक जना बिरामीको मृत्यु भएको श्रोतको भनाई रहेको छ ।

कथित डाक्टर उमेशको लुट धन्दामाथि मुख्यमन्त्री सिंहले  कार्यवाहीको डण्डा चलाइदिएका छन् । यसैविच मधेश प्रदेशका मुख्यमन्त्री  सतिश कुमार सिंहले मापदण्ड विपरीत सञ्चालित रौतहटको गरुडा र शिवनगरका गरी १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले  गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरूको अड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी हस्पिटल बन्द गर्न निर्देशन दिएका छन् । गरुडा नगरपालिका ५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा नगरपालिका ४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा नियम र कानुन विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त हस्पिटलहरू बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए । कानुन विपरीत सञ्चालनमा रहेको पाइएकोले मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न भन्दै उनले नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाएका थिए । मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा ती सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले बताए। मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा छड्के अनुगमन गर्न आएको थाहा पाउने बित्तिकै मापदण्ड र कानुन विपरीत सञ्चालित हस्पिटलका सञ्चालकहरुको भागाभाग समेत भएको थियो ।

मुख्यमन्त्री सिंह अनुगमन गर्न आएपछि गैर कानुनी रूपमा अवैध हस्पिटल सञ्चालन गरी उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएका गरुडाका कतिपय हस्पिटलका सञ्चालक हस्पिटल नै बन्द गरी भागेका थिए । गरुडाका झोले हस्पिटलको रूपमा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योतिका सञ्चालक हस्पिटल नै बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ती हस्पिटलहरूलाई समेत कार्यवाही स्वरूप बन्द गर्न निर्देशन दिएका हुन । सम्बन्धित निकायबाट अनुमति नै नलिई खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि  मधेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।

गरुडा नगरपालिकामा सामान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल सञ्चालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सतिशकुमार सिंह रौतहट आएका थिए । उनी अनुगमनमा आएको थाहा पाएपछि गरुडा र शिवनगरका आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए ।

जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको हो । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलका छन् । अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन ।  यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्डका दर्जनौँ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु सञ्चालनमा छन् । स्थानीयले उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने सदरमुकाम गौरसहितका सहर बजारमा रहेका निजी अस्पताल अनुगमन गरे ।