बुधबार १७ बैशाख, २०८२

नेपाली समय

पूर्वअर्थमन्त्री कोइरालाको टिमबाट भोजपुरको पूर्वी सानोदुम्मा माविमा ई-लर्निङ्ग सेन्टरको शुभारम्भ

पूर्वअर्थमन्त्री कोइरालाको टिमबाट भोजपुरको पूर्वी सानोदुम्मा माविमा ई-लर्निङ्ग सेन्टरको शुभारम्भ

भोजपुर, २७  फागुन । पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाको टिमले भोजपुरको पूर्वी सानोदुम्मा माध्यमिक विद्यालयमा ई-लर्निङ सेन्टरको शुभारम्भ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर पाँच, सानोदुम्मामा रहेको विद्यालयमा सोमवारबाट ई-लर्निङ सेन्टर सञ्चालनमा आएको हो ।

पूर्वअर्थमन्त्री कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँले आवश्यक कम्प्युटर सहितका सामाग्रीहरू विद्यालयमा लगेर जडान गरेसँगै विद्यालयमा ई-लर्निङ सेन्टर शुभारम्भ भएको छ । विगत केही वर्ष अगाडीबाट जिल्लाका विद्यालयहरूमा ई-लनिङ्ग सेन्टर स्थापनाका लागि ईश्वर मन्दिर सक्रिय बन्दै आएको छ । 

केही गर्ने इच्छा भएमा पदमा नै रही रहनु पर्दैन भन्ने उदाहरण बन्नु भएका कोइरालाको टिमले भोजपुरका डेढ दर्जन विद्यालयहरूमा ई-लर्निङ सेन्टरका लागि कम्प्युटर, स्मार्ट टिभी लगायतका आवश्यक सामाग्रीहरू सहयोग गरी सकेको छ । आफ्ना बालबालिकाहरूलाई निजी बोर्डिंङ स्कुलमा पढाउने क्रम बढी रहँदा पूर्वअथमन्त्री कोइरालाको टिम भने यति खेर दुर्गम पहाडी जिल्ला भोजपुरका सामुदायिक विद्यालयहरूमा ई-लनिङ्ग सेन्टर सञ्चालनमा सहयोग गर्न व्यस्त देखिएको छ । 

सानोदुम्मा माविमा २० थान कम्प्युटर, एक थान स्मार्ट टिभी र आवश्यक सामाग्री टोलीले जडान गर्दे ई-लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो । किताबी ज्ञान भन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले भोजपुरका सामुदायिक विद्यालयहरूमा ई-लर्निङ सेन्टर स्थापनाका लागि आवश्यक सामाग्रीहरू सहयोग गर्दे आएको पूर्वअर्थमन्त्री कोइरालाले बताउनुभयो । कोइरालाले भन्नुभयो, “ई-लर्निङ्ग सेन्टरवाट विद्यार्थी, शिक्षक कर्मचारी र सर्वसाधारणले समेत फाइदा लिनु पर्छ ।” 

ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले आजको समयमा कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालय स्तरबाट नै यो अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कपी र पेन्सिलले मात्रै प्राविधिको युगमा अगाडी बढ्न सकिदैन, अनलाइन कक्षाहरूका लागि पनि ई-लर्निङ सेन्टर आवश्यक छ ।” 

पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले गुणस्तरीय शिक्षा दिनका लागि प्रविधि मैत्री बन्न आवश्यक रहेको बताउनुभयो । विद्यालयहरूमा ईश्वर मन्दिर संस्थाले ई-लर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक विद्यालयमा अध्ययरत बिद्यार्थीहरु पनि प्रबिधिी मैत्री र सक्षम हुने पालिका अध्यक्ष राईको भनाई रहेको छ । ई-लर्निङ्ग सेन्टरको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ । 

ई-लर्निङ्ग सेन्टर शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, ईश्वर मन्दिरका कोषाध्यक्ष गुणा कोइराला, भोजपुरे समाजका अध्यक्ष पासाङ शेर्पा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना, अन्य सरोकारवाला लगायतको पनि सहभागिता रहेको थियो ।