बुधबार १७ बैशाख, २०८२

नेपाली समय

जनता समाजवादी पार्टी जिल्ला नेताकार्यकर्ता भेला सम्पन्न

जनता समाजवादी पार्टी जिल्ला नेताकार्यकर्ता भेला सम्पन्न

रौतहट, ३ फागुन । जिल्लाको सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्रको हलमा शनिबारका दिन जनता समाजवादी पार्टी जिल्ला नेताकार्यकर्ता भेला सम्पन्न भएको छ। जसपा मधेश प्रदेश समिति अध्यक्ष पूर्व माननीय अशोक यादवको प्रमुख आतिथ्य भएको भेलाबाट नन्दकिशोर राय यादवको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो।

जनता समाजवादी पार्टी नेपालबाट पार्टी फुटाएर अशोक राईले आफ्नै नेतृत्वमा जसपा नामक पार्टी खोलेका थिए। मधेश प्रदेशको अध्यक्ष अशोक यादवलाई जिम्मेवारी दिएर आठै जिल्लामा नेताकार्यकर्ता भेलाबाट सातै जिल्लाको कार्यसमिति निर्माण गरी शनिबार रौतहटमा भेला गराई नन्दकिशोर राय यादवको अध्यक्षतामा समिति निर्माण गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मधेशको मसिहाको नाउँमा आफ्नो स्वार्थमा लिप्त रहेको आरोप लगाए अशोक यादव, उपेन्द्र यादवले जसपा नेपाललाई प्राइभेट कम्पनी बनाएर देश र मधेशको जनतालाई भजाएर कमाउ धन्दा चलाएको कारण आफू अलग भएको बताए । जसपाले मधेसी मान सम्मानलाई कहिँकतै तलमाथि नगरेको समेत स्मरण गराए।

यही फाल्गुन ९ गते जनकपुरमा जसपाको प्रदेश स्तरीय भेला हुने भएकोले हरेक जिल्लाबाट नेताकार्यकर्ताहरुलाई सहभागी हुन अध्यक्ष अशोक यादवले आग्रह गरेका छन् ।