सोमबार ०४ चैत, २०८१

नेपाली समय

गौरमा नवनिर्मित भगवती मन्दिरको उद्घाटन

गौरमा नवनिर्मित भगवती मन्दिरको उद्घाटन

रौतहट, २८ माघ । जिल्लाको सदरमुकाम गौर-१ स्थित रहेका ऐतिहासिक माई स्थान भगवती मन्दिरको पुनः निर्माण पश्चात् सोमबार विधिवत् पूजापाठ सहित देवीको पीठलाई स्थापित गरिएको छ। 

गौर-१ स्थित रहेका ऐतिहासिक माई स्थान भगवती मन्दिर जीर्ण पुरानो भएकोमा गौर नगरपालिकाको पहलमा पुनः निर्माण गरिएका  नयाँ भगवतीको मन्दिरमा नगरप्रमुख शम्भु साहद्वारा विधिवत् पूजा पाठ गरी देवीको पीठ स्थापित गरिएको हो ।

परम्परागत धार्मिक संरचनाको संरक्षण र संवर्द्धन गर्ने गरी गौर -१ स्थित रहेको पुरानो जीर्ण मन्दिरको पुनः निर्माण गराई विधिवत् पूजा पाठ गरी भगवतीको पीठ स्थापित गरी पूजा सम्पन्न हुँदा आफू संलग्नतामा देवीको पीठ सहितका कार्य सम्पन्नता  पाउँदा खुशी लागको मेयर साहको भनाई रहेको हो ।